अफगानी दोभाषेलाई व्रिटेनमा बस्ने अनुमति

८ जेठ । अफगानिस्तानमा रहेका ब्रिटिश सेनाका अफगानी दोभाषेलाई ब्रिटेनमा बस्ने अनुमति दिइने भएको छ ।
ब्रिटेनले आप्mना सेनासँग काम गरिरहेका करिब ६ सय अफगानी दोभाषेलाई ब्रिटेनमा बस्न पाउने प्रवेषआज्ञा दिने भएको समाचार संस्था बीबीसीले जनाएको छ । दोभाषेका रूपमा एक वर्षभन्दा बढी काम गरिसकेका अफगानीलाई पहिलो चरणमा पा“च वर्षको भिसा दिइने छ । उनीहरूलाई प्रवेषआज्ञा दिएपछि अफगानिस्तानमै बसेर काम गर्ने वा ब्रिटेनमा बस्ने भन्ने रोज्न पाइने बताइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...