ईराकमा बम विष्फोटबाट २३ जनाको ज्यान गयो

२ जेठ ।  ईराकमा शिया समुदायको बाहुल्यता रहेको क्षेत्रमा बम बिस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ ।

ईराकको राजधानी बग्दाद लगायत किरकुक शहरमा बम विष्फोट भएको हो । किरकुक क्षेत्रमा एक घण्टाको अवधिमा ११ पटक छुट्टाछुट्टै बिस्फोट भएको अन्तर्राष्ट्रिय संचार माध्यामले जनाएका छन् । बिस्फोटमा थुप्रै घाइते भएको जनाइएको छ ।
ईराकी प्रधानमन्त्री नुरी अल मलिकीले आफुहरुलाई अपहेलना गरेको आरोप सुन्नी समदायको छ । गत केही महिना यता सुन्नी समुदायले गरेको सरकार बिरोधी प्रदर्शनमा ७ सय सुन्नी समदायको मृत्यु भएको थियो । घटनापछी सुन्नी समुदायले शिया समुदायको बाहुल्यता रहेको क्षेत्रमा बारम्बार आक्रमण गर्दै आएका छन् । सरकारको फितलो सुरक्षा ब्यवस्थाका कारण इराकमा सयौंको मृत्यु भएको स्थानीयले सरकारको ब्यापक आलोचना गर्दै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...