८० बर्षको उमेरमा सगरमाथाको चुचुरो टेक्ने रहर - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

८० बर्षको उमेरमा सगरमाथाको चुचुरो टेक्ने रहर

Share This
जेठ । हरेक मानिसको चाहना हुन्छ वृद्धावस्थाको रिटायर्ड जिन्दगि घुमफिर तथा तिर्थ यात्रा गरेर वा आराम गरेर बिताउने तर यस्तैमा केहि मानिसहरु फेला पर्छन, जो आफ्नो जिन्दगीको रिटायर्ड समयमा केहि गर्न चाहन्छन । तिनै मध्येका एक हुन् जापानका यूइचिरो मिउरा ।
जापानका ८० बर्षीय यी व्यक्तिले सबैभन्दा पाको उमेरमा सगरमाथाको चुचुरोमा पाईला टेकेर किर्तिमान बनाउने सोचका साथ बिहिबारबाट सगरमाथाको आरोहण सुरु गरेका छन् ।
मिउराले ५३००मिटरको उचाईबाट स्थानीय समयअनुसार बिहान सबा पाँच बजे आरोहण सुरु गरेका छन्। उनका साथमा उनका ४३ बर्षीय माहिला छोरा गोटा पनि छन्। यात्रा सुरु गर्नुभन्दा पहिला फोनमा कुरा गर्दै आफु ७०र७५ बर्षको उमेरमा जस्तै अनुभव गरिरहेको कुरा उनले आफ्ना आफन्तहरुसंग बताएको निकटस्थ स्रोतको दाबी छ।
यूइचिरो मिउराका व्यवस्थापकका अनुसार सबै कुरा योजना अनुसार नै हुदै छ। यूइचिरो मिउराको आगामी २४ मे को आसपासमा नेपाली पर्वतारोही मिन बहादुर शेरचनको रेकर्डलाई तोड्दै सगरमाथाको शिरमा पुग्ने कार्यक्रम छ। नेपाली पर्वतारोही शेरचनले सन् २००८ मा ७६ बर्षको उमेरमा सगरमाथाको चुचुरोलाई कुल्चेर सबैभन्दा पाका उमेरका पर्बतारोहिको उपाधि हाँसिल गरेका थिए।
मिउरा सगरमाथा बेसक्याम्पमा गत अप्रिल १६ मा पुगेका थिए २००९ मा हिउँमा स्किंग गर्दागर्दै मिउरा गम्भीर घाइते भएका थिए भने उनको मुटुको मात्रै २ चोटी अप्रेशन गरिसकिएको छ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here