गणतन्त्र दिवस कै दिन निर्वाचनको मिति तोकिन्छः प्रचण्ड

१४ जेठ । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा निर्वाचनको मिति बुधबार अर्थात गणतन्त्र दिवसका दिन तोकिने बताउनु भएको छ ।

 प्रचण्ड निवास लाजिम्पाटमा आज भएको साक्षात्कार कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले मंसिरको पहिलो साता निर्वाचन हुने गरी मिति तोक्न लागिएको जानकारी दिनुभयो । बिवादित विषयलाई भोलि बस्ने उच्चस्तरीय राजनैतिक समितिको बैठकबाट टु¨ो लगाई गणतन्त्र दिवस पारेर मिति तोक्न लागेको उहाँले बताउनु भयो । कार्यक्रममा अध्यक्ष दाहालले उच्चस्तरीय राजनैतिक संयन्त्रको बैठकमा थ्रेसहोल्डको विषयमा सहमति नभएको बताउनु भयो । उहाँले विश्वका अधिकांश मुलुकमा निर्वाचनकालागि थ्रेसहोल्डको व्यवस्था नभएको र पहिलो चुनावमा पनि यसको व्यवस्था नभएकाले थ्रेसहोल्ड आवश्यकता नभएको बताउनु भयो । अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद अध्यक्षलाई प्रधानन्यायाधिश पदबाट राजिनामा गर भन्नुको कुनै तुक नरहेको बताउनु भयो । यसअघि अध्यक्ष प्रचण्ड र चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीबीच चुनावको मिति घोषणा गर्ने विषयमा छलफल भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...