कलाकारको विरुद्धको मैत्रीपूर्ण खेलमा विज्ञापन एजेन्सी विजयी

५ जेठ । नेपाल चलचित्र कलाकार संघ विरुद्धको मैत्रिपूर्ण खेलमा विज्ञापन एजेन्सी आन विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आनले फानलाई दुईका विरुद्ध चारगोल अन्तरले पराजित गरेको हो । खेल सुरु भएको १५ मिनेट पनि बित्न नपाउदै महेश सुवारले पहिलो गोल गर्दै विज्ञापन संघ आनले अग्रता लिएको थियो । त्यसको  ५ मिनेटमा नै महेशले गोल गदै आनको अग्रतालाई दोब्बर पारे । कलाकार राजेश हमाल, हरिवंश आचार्य, शिव श्रेष्ठका साथ मैदानमा उत्रिएको कलाकार सघको तर्फबाट कलाकार आकाशबाबु खवासले ३५ मिनेमा मात्र गोल फर्काएका थिए । त्यस्तै, खेलको पहिलो हाफ सकिनै लाग्दा खवासले नै गोल गदै फानलाई बराबरीमा ल्याएका थिए । बाग्मति सफाईको उद्देश्यले आयोजना गरिएको यस फुटबल प्रतियोगितामा दोस्रो हाफमा थप २ गोल गर्दै विज्ञापन एजेन्सी आनले खेल चार—दुई गोल अन्तरले जित्यो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...