सरकारले प्रमुख दलहरुसँगको सम्बन्ध सुधार्नुपर्छः अध्यक्ष खनाल

३० बैशाख । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारको रवैयाका कारण सरकार र दलहरुबीचको सम्बन्ध विग्रिएकाले सरकारले प्रमुख दलसंगको सम्बन्ध सुधार्नुपर्ने बताउनुभएको छ । लामो समयदेखि विरामी पत्रकार गोपाल थपलियको स्वास्थ्य अवस्था जानकारि लिएपछि अध्यक्ष खनालले सरकार एकलौटि रुपमा अघि बढ्न नसक्ने भन्दै प्रमुख दलसंगको सम्बन्ध सुधार गर्नुपर्ने बताउनुभएको हो । सरकारले असन्तुष्ट दलहरुको मागलाई सम्बोधन गरि चुनावी वातावरण बनाउनुपर्ने अध्यक्ष खनालको भनाई थियो ।

अध्यक्ष खनालले सरकारले साझा आधारमा उभिएर निर्वाचन ऐन अध्यादेश राष्ट्रपति समक्ष पेश गर्नुपर्ने बताउनुभयो । दलहरुबीच सबै विषयमा सहमति नभएपनि चुनावी पद्धतीका आधारमा सहमति गरेर सरकार अघि बढ्नुपर्ने अध्यक्ष खनालको भनाई थियो । लामो समयदेखि अस्वस्थ रहनुभएका पत्रकार थपलिया मेडिकल बोर्डले नेपालमा उपचार गर्न नसक्ने सिफारिस गरेपछि थप उपचारको लागि मंगलबार भारत जाँदै हुनुहुन्छ । जनआन्दोलन दुईमा सहभागी भएको बेला प्रहरीको पिटाइका कारण पत्रकार थपलिया घाइते हुनुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...