एउटै नम्बरका दुई मोटरसाईकल संचालनमा

४ जेठ । स्याङ्जामा एकै कम्पनीका एउटै नम्वरको २ वटा मोटर साइकल फेला परेको छन् ।
 होण्डाको साइन मोडलका ग ७ च ४७७१ नम्बरको २ वटा मोटरसाइकल स्याङ्जा सदरमुकाममा फेला परेको हुन् । दुवै मोटर साइकलको ब्ल्यू बुक र किनेको मिति एकै दिन रहेको जिल्ला ट्रफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।  गरिमा बिकास बैंक स्याङजाका पे्रमनारायण अर्याल र क्वालिटी फुड्स एण्ड स्न्याक्स प्रा.लि. पोखराका बसन्त सिग्देलले चढ्दै आएका ती मोटरसाइकल र ब्ल्युबुक ट्राफिक प्रहरी कार्यालय स्याङजाले नियन्त्रणमा लिई आवश्यक अनुसंधान सुरु गरेको छ । दुबै मोटरसाइकल असार महिनामा पोखरा स्थित कुँवर ब्रर्दश एण्ड सन्सबाट किनेको तथ्य फेला परेको छ । दुवै मोटर साइकलको च्यासीस नम्बर र इन्जिन नम्वर भने फरक रहेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...