पूर्व सभासद हत्याको विरोधमा स्थानीयबासीबाट प्रदर्शन

७ जेठ । बिघटित संबिधान सभाका सदस्य सदरुल मिया हकको हत्यापछि सप्तरी यतिबेला शोकमा डुबेको छ भने एकातिर हत्यामा संलग्नहरुको खोजीको माग राख्दै स्थानीयबासीहरु प्रदर्शनमा उत्रिएका छन् ।

कल्याणपुर २ स्थित हुमा पेट्रोल पम्पको कोठामा सुतिरहेको अवस्थामा सोमबार राति अज्ञात समूहले छुरा रोपेर सदरुल मियाको विभत्स तरिकाले हत्या गरिएको हो । ५२ वर्षका हकको राति नै विभत्स तरिकाले हत्या भएपनि मंगलबार विहान मात्र उहोको हत्या भएको थाह भएको हो । पूर्व सभासद हकको हत्या भएपछि उहाको परिवार तथा आफन्तजनहरु शोकले डुबेको छ आमा हलिमा खातुन र श्रीमती नुरजहान अर्ध बेहोस अवस्थामा छन् । कल्याणपुरकै रामेश्वर साहको छोरीको बिहेमा सहभागी हुन स २ प ८५८३ नम्बरको मोटरसाइकल चढेर सोमवार बेलुकी घरवाट निस्किएका हक मंगलवार बिहानसम्म घर नफर्किएपछि चिन्तित वनेका परिवारजनले खोजतलास सुरु गरेका थिए । बिबाहस्थलवाट राती २ वजे नै घर हिंडेको थाहा पाएपछि परिवारजनले पेट्रोल पम्पमा सुत्न गएको अनुमानमा त्यही खोजतलास गर्दा उहाँको मृत शरिर फेला परेको हो ।

२०६४ सालमा भएको सबिधानसभाको चुनावमा सप्तरीको क्षेत्र नम्बर ५ वाट स्वतन्त्र रुपमा उम्मेदवारी दिँदै १० हजार ५ सय ३ मत ल्याएर उहाँ संविधानसभा सदस्यमा निर्वाचित हुनु भएको थियो । हकको शवको पोष्टमार्टम गर्नुपर्ने भन्दै प्रहरीले उठाउन खोजेपछि स्थानीयबासिन्दाले शव उठाउन दिएका छैनन् । हत्याको बिरोधमा आक्रोसित स्थानीयबासिन्दाहरुले गृहमन्त्री नआएसम्म शव उठाउन नदिने अडान लिएका छन् । शब लैजाने खोजेको भन्दै आक्रोशित स्थानीयबासिन्दाले ढुंगामुढा केही सुरक्षाकर्मी समेत घाइते भएका छन् । हत्याको बिरोधमा स्थानीयबासिन्दाले पूर्वपश्चिम राजमार्गको कल्याणपुर खण्ड अबरुद्ध वनाएका छन् । राजमार्गको बिभिन्न स्थानमा टायर वालेर प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले सदरमुकाम राजबिराजमा समेत प्रदर्शन गर्नुका साथै शिक्षण सस्था यातायात र वजार बन्द गराएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...