मंसिरमा चुनावन गराउन नसके बर्तमान सरकारको औचित्य समाप्त हुन्छः प्रवक्ता सापकोटा

११ जेठ । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार निर्वाचन भन्दा अन्य विषयमा केन्द्रित हुन थालेको आरोप लगाउनुभएको छ । उहाँले आगामी मंसिर पहिलो साता निर्वाचन गराउन नसके सरकारको औचित्य नै समाप्त हुने उहाँले दाबी गर्नुभयो । पार्टी कार्यालय पेरिसडाँडामा गरिएको नियमित पत्रकार सम्मेलनमा सापकोटाले संविधानसभाको चुनावका गठन भएको सरकार जिम्मेवारी पुरा गर्न भन्दा अन्य क्षेत्रमा लागेको भन्दै असन्तुष्टि जनाउनुभयो । प्रवक्ता सापकोटाले चाँडोभन्दा चाँडो निर्वाचन मिति घोषणा गर्न सरकारसँग मागसमेत गर्नुभयो । दलहरुबीच सहमति नभए सरकारले स्वविवेकीय अधिकार प्रयोग गरेर भएपनि निर्वाचन मिति घोषणा गर्नुपर्ने सापकोटाको भनाई छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...