दण्डहीनताको अन्त्य नभए लोकतन्त्र खतरामा पर्ने चेतावनी

१ जेठ । मानव अधिकारकर्मीहरूले दण्डहिनता अन्त्य नभए लोकतन्त्र खतरामा पर्ने चेतावनी दिएका छन् ।
काठमाडौंमा मंगलबार भएको कार्यक्रममा उनीहरूले लोकतन्त्र नै धरापमा पार्नेगरी दण्डहिनता मौलाएको भन्दै चिन्ता व्यक्त गरे । मानवअधिकारकर्मीहरूले लोकतन्त्र रक्षाका लागि दण्डहीनताको अन्त्य र विधिको शासन स्थापना आवश्यक भएको बताए । उनीहरूले दलहरूले मानवअधिकार उल्लंघन गर्नेलाई आश्रय दिएका कारण पनि दण्डहीनता मौलाएको आरोप लगाए । उनीहरूले सरकार र चारदलले चुनाव भाड्ने गरी संबैधानिक निकायमा नियुक्ती गरेर लोकतान्त्रिक मूल्य मान्यतालाई कुल्चिएकोसमेत आरोप लगाए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...