चीनको कोइला खानीमा भएको विष्फोटमा २७ जनाको मृत्यु

३० बैशाख । चीनको सिचुआन प्रान्तमा एक खानीमा भएको विष्फोटमा २७ जनाको मृत्यु भएको छ ।
सिचुआन प्रान्तस्थित लुझौ शहरको तालोजिगु कोइला खानीमा विष्फोट भएको सरकारी अधिकारीहरुले जनाएका छन् । विष्फोटको समयमा खानीभित्र एक सय भन्दा बढी कामदार रहेको जनाइएको छ । चीनमा गत बर्ष भएका विभिन्न कोइला खानी विष्फोटमा १३ सय भन्दा बढीको ज्यान गएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...