जोकोभिच क्वाटरफाइनलबाटै बाहिरिए

४ जेठ । विश्व नम्बर एक सर्बियाली नोभाक जोकोभिच जारी इटालियन ओपन टेनिस प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएका छन ।
 गएराती सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा चेक रिपब्लिकका टोमास बर्डिचसंग २—६, ७—५ र ६—४ को प्रतिस्पर्धात्मक सेटमा पराजित हुँदै विश्व नम्बर एक सर्बियाली नोभाक जोकोभिच अन्तिम आठको खेलबाट बाहिरिएका थिए । जितपछि टोमास बर्डिच भने सेमिफाइनलमा प्रवेश गरेका छन । खेलको पहिलो सेटमा सहजै जित हात पारेका जोकोभिच त्यसपछिका दुई सेटमा भने बर्डिचसंग पराजित भएका थिए । त्यस्तै गएराती नै सम्पन्न भएको क्वाटरफाइनल खेलमा स्पेनी राफेल नाडालले आफ्नै देशका डेभिड फेररलाई ६—४, ४—६ र ६—२ को सेटमा हराउदै अधिल्लो चरणको यात्रा तय गर्न सफल भएका छन । यि दुई खेलाडीविचको खेल दुई घण्टा ४६ मिनेट चलेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...