शीर्ष नेताका कारण राष्ट्रियता कमजोर भएको आरोपः शेखर कोइराला

३ जेठ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रमुख दलका शीर्ष नेताहरूकै कारण राष्ट्रियता कमजोर भएको आरोप लगाउनुभएको छ ।
 नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा नेता कोइरालाले राष्ट्रियता कमजोर हुनमा शीर्ष नेताहरू नै जिम्मेवार भएको आरोप लगाउनुभएको हो । एकीकृत नेकपा माओवादीले राष्ट्रलाई अहित हुने कार्य मात्र गर्दै आएको उहाँको आरोप छ । नेता कोइरालाले शीर्ष नेताहरूकै कारण पार्टीभित्र गुटउपगुट सृजना भएको भन्दै गुटउपगुटमा नलागी संगठनको हितमा लाग्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । नेता कोइरालाले स्ववियु चुनावले संविधानसभाको चुनावलाई प्रत्यक्ष प्रभाव पार्ने भएकोले नेविसंघलाई जिताउने गरी तयारी गर्न पनि विद्यार्थी नेतालाई निर्देशन दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...