
खेलको ३९ औ मिनेटमा जाभियर हर्नान्डेजको गोल मार्फत म्यान्चेस्टर युनाइटेडले खेलमा अग्रता लिएको थियो । खेलको पहिलो हाफसम्म एक—शुन्य गोल अन्तरले पछाडी परेको स्वान्सेका लागी ४९ औ मिनेटमा मिग्युएल मिच्हुले गोल गदै खेललाई एक—एक गोलको बराबरीमा ल्याएका थिए । खेलको ८७ औ मिनेटमा रिव फेर्डिनान्डले गोल गरेपछि स्वान्से सिटी स्तब्ध भएको थियो ।
जितपछि म्यान्चेस्टर युनाइटेडले ३७ खेलबाट ८८ अंक बनाएको छ । उपाधीसगै म्यानेजर सर अलेक्स फर्गुसनको बिदाइपनि गरिएको छ । फर्गुसनले म्यान्चेस्टर युनाइटेडलाई अन्तिम पटक उपाधी दिलाएर प्रशिक्षक पदबाट सन्यास लिएका थिए । त्यस्तै, गएराती नै सम्पन्न भएको अर्को खेलमा लिगको ११ औ स्थानमा रहेको स्ट्रोक सिटीलाई दुई—एक गोल अन्तरले पराजित गर्दै टोट्नह्याम लिगको चौथौ स्थानमा उक्लिन सफल भएको छ । गएराती नै सम्पन्न भएको अन्य खेलहरुमा इभर्टनले वेस्टह्यामलाई दुई—शुन्य गोल अन्तरले, नर्विचले वेस्टब्रमलाई चार—शुन्य गोल अन्तरले तथा लिभरपुलले फुलह्यामलाई तिन—एक गोल अन्तरले पराजित गर्न सफल भएको छ । यता सन्डरल्याण्ड र साउथह्याम्पटनविचको खेल भने एक—एक गोलको बराबरीमा सकिएको छ ।
No comments:
Post a Comment