राप्रपा र राजपा एकताको महाधिवेशनबाट अध्यक्षमा सूर्यबहादुर थापा निर्वाचित

६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्यि जनशक्ति पार्टीको एकताको महाधिवेशनबाट सूर्यबहादुर थापा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
यही जेठ तीन गतेदेखि काठमाडौंमा भइरहेको महाधिवेशनमा पशुपतिशमशेर राणाले अध्यक्षको दाबी छाडेपछि थापा अध्यक्ष बन्नुभएको हो । यसअघि शीर्ष नेताहरुबीच अध्यक्ष मण्डलबाट पार्टी सञ्चालन गर्ने सहमति भएपनि महाधिवेशन प्रतिनिधिहरुले विरोध गरेपछि अध्यक्षमार्फत पार्टी सञ्चालन गर्ने सहमति भएको हो । सहमति अनुसार कार्यकाललाई दुई भागमा बांडेर थापा र राणाले नेतृत्व गर्नुहुने छ । यसैबीच, सगरमाथा टेलिभिजनसंग कुरा गर्दै अध्यक्ष थापालले आसन्न संविधानसभालाई ध्यानमा राखेर एकढिक्का भई पार्टी पंतिm चुनावमा केन्द्रीत हुने बताउनुभयो । त्यस्तै, राणाले चुनावमा पार्टीलाई चौथो शक्तिको रुपमा स्थापित गर्ने दाबी गर्नुभयो । पार्टी नेतृत्व कार्यकालको समय विभाजन गरेर गरिने उहाँको भनाई थियो । यसैबीच, नेतृत्व चयनमा ढिलाइ भएपछि महाधिवेशन केही दिन लम्बिने भएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...