पहिरोले पुर्यो काठमाडौंमा घर, एक जनाको मृत्यु (फोटो फिचरसहित)


१७ जेठ । रातभर परेको पानीले काठमाडौं महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल पछाडी ढिस्को पहिरोले बगाउँदा घर पुरिएको छ ।

ढिस्कोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जनाको सकुसल उद्दार गरिएको छ । पहिरोले पुरिएर सप्तरीका १५ वर्षीय रामभगत रामको मृत्युभएको हो । शुक्रबार विहान ढिस्कोले घर पुरे पछि नेपाली सेनाले पहिरोमा पुरिएकाहरुको उद्धार गरेको थियो । पहिरोले पुरिएर घाइते भएका दुई जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा सप्तरीका शिवानन्द राम र सर्लाहीका देवीलाल मण्डल रहेका छन् । त्रिवि शिक्षण अस्पताल पछाडि रहेको खाडीपाखास्थित अम्बिका सारुमगरको घर पहिरोले पुरिएको हो ।

पहिरोले पुरिएको घर र पहिरोमा पुरिएकाहरुको उद्धार गर्दै नेपाली सेना ।















0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...