कोपा डेल रे फुटबलको उपाधी एथलेटिको म्याड्रिडलाई

४ जेठ । एथलेटिको म्याड्रिडले स्पेनिस कोपा डेल रे कप फुटबलको जितेको छ ।
 घरेलु मैदान सान्टिएगोमा गएराती सम्पन्न भएको फाइनल खेलमा एथलेटिको म्याड्रिडले रियल म्याड्रिडलाई एकका विरुद्ध दुई गोल अन्तरले पराजित गदै उपाधी माथि कब्जा जमाउन सफल भएको हो । खेल सुरु भएको १४ औं मिनेटमा नै ओजिलको कर्नरमा हेड गोल गर्दै क्रिश्चियानो रोनाल्डोले गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए । रोनाल्डोले गोल गरेपछि निक्र आक्रामक रुपमा खेल खेलेको एथलेटिको म्याड्रिडका लागी ३५ औ मिनेटमा फाल्कावको पासमा डियगो कोस्टाले गोल गदै खेललाई एक—एक गोलको बराबरीमा ल्याएका थिए । तनावपूर्ण खेलमा रेफ्रीसँग विवाद गरेपछि रियल म्याड्रिडका प्रशिक्षक जोसे माउरिन्होलाई रेफ्रीले बेन्चमा पठाइदिए  । निर्धारित ९० मिनेटको समयको खेलमा थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । खेलको ९८ औं मिनेटमा मिरान्डाले गोल गर्दै एथ्लेटिको म्याड्रिडलाई दुई—एकको अग्रता दिलाए । खेलको १ सय १५ औं मिनेटमा रोनाल्डो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि थप दबावमा आएको रियलले गोल फर्काउन सकेन र खेल एथ्लेटिको म्याड्रिडले दुई—एक गोल अन्तरले जित्यो । खेलको अन्तिम समयमा गावि रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।  एथ्लेटिको म्याड्रिडले कोपा डेल रे फुटबलको को १० औं उपाधि जित्न सफल भएको हो ।


0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...