म्यानमारको हिंसा अन्त्य गर्न राष्ट्रपति थाई सेनलाई ओबामाको आग्रह

७ जेठ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले म्यानमारमा जारी मुस्लिम समुदाय विरुद्धको हिंसा अन्त्यका लागि उचित कदम चाल्न म्यानमारका राष्ट्रपति थाई सेनलाई आग्रह गरेका छन् ।

 अमेरिकाको ह्वाइटहाउसमा म्यानमारका राष्ट्रपति सेनसँगको भेटवार्तापछि ओबामाले राखाइन लगायतका म्यानमारका प्रान्तमा रोहिङग्या मुस्लिम र बौद्ध धर्मावलम्बी बीचको हिंसाले प्रजातन्त्रलाई बाधा गर्ने बताएका हुन् । उनले म्यानमारमा पछिल्ला समयमा आर्थिक र राजनैतिक रुपमा व्यापक सुधार आएको भन्दै धार्मिक र जातीय हिंसा समाधानका लागि पनि उचित ध्यान पु¥याउन सुझाएका छन् । ४७ बर्षमा पहिलो पटक अमेरिका भ्रमणमा पुगेका म्यानमारका राष्ट्रपति थाई सेनले म्यानमारमा सुधारका थुप्रै कामहरु बाँकी रहेको भन्दै संक्रमणकालमा अमेरिकाको सहयोगका लागि आभार व्यक्त गरेका छन् । ओबामासँगको भेटवार्तापछि म्यानमारका राष्ट्रपतिले आफ्नो मुलुकका राजनैतिक बन्दीहरु समेत मुक्त गर्ने सहमति गरेको जनाइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...