लोकमान नियुक्तिको विषयलाई लिएर ३३ दलबाट धर्ना


१ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई नियुक्त गरिएको विरोधमा नेकपा–माओवादीलगायत ३३ दलले मंगलबार अख्तियार अगाडी विरोध गरे ।
प्रमुख आयुक्त कार्कीको नियुक्ति बदर गर्नुपर्ने माग राखि नेकपा–माओवादीसहित ३३ दलले विहान ९ बजेदेखि २ घण्टा प्रदर्शन गरेको हो । प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले सरकार र आयोगका प्रमुख आयुक्त कार्की बर्खास्त नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो ।


नेकपा–माओवादीलगायत ३३ दलले प्रमुख चार दलबीच भएको ११ बँुदे सहमति, वर्तमान सरकार गठन र चार दलको सहमतिमा जारी भएको २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश खारेजीको माग गर्दै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...