रोल्पा काराकागरबाट भागेका तीन कैदी पक्राउ


३० बैशाख । रोल्पा कारागारबाट सुरुङ खनेर फरार कैदी बन्दी मध्य तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुन सेन सैघा दाङका दीपक पुन र रोल्पा जेतवाङ्गका चंखे विक रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई रोल्पाको माडीचौर वनबाट पक्राउ गरिएको जनाइएको छ । अरु ५ जना फरार कैदी बन्दीको खोजी भैरहेको प्रहरीले जनाएको छ । शनिबार राती ८ जना कैदी जिल्ला कारागारबाट फरार भएका थिए । कारागारको पश्चिमतिरको भागमा सुरुङ खनी कैदीहरु भागेका थिए । ५० जना क्षमता रहेको कारागारमा  ८२ जना कैदी तथा थुनुवा बस्दै आएका थिए । कारागार सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक बसन्त बस्नेतको नेतृत्वमा १९ जना प्रहरीहरु बस्दै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...