३३ दलले आह्वान गरेको नेपाल बन्द फिर्ता

३० बैशाख ।  नेकपा–माओवादीसहितका ३३ दलले सोमबारका लागि आह्वान गरेको नेपाल बन्द फिर्ता लिएका छन् ।
आइतबार दिउँसो शंखमूलमा बसेको ३३ दलको बैठकले नेपाल बन्दको साटो आगामी जेठ १४ गते खुल्लामञ्चमा आमसभा गर्ने निर्णय गरी बन्द फिर्ता लिएका हुन् । उनीहरूले चाडपर्व, जात्रा तथा विवाहका लगनलाई असर पर्ने भन्दै बनद फिर्ता लिएको जनाएका छन् । पूर्व मुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाएको विरोधमा ३३ दलले सोमबारका लागि नेपाल बन्द आह्वान गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...