भण्डारी र आश्रितको सम्झनामा विविध कार्यक्रम

३ जेठ । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज
आश्रितको चितवनस्थित दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परी निधन भएको २० वर्ष पुगेको छ ।
 तर, २० वर्षदेखि रहस्यमै रहेको दासढुंगा जीप दुर्घटना काण्डको अहिलेसम्म पनि रहस्योद्घाटन हुन सकेको छैन् । यसैबीच, नेकपा एमालेले मदन–आश्रितको २० औं स्मृति दिवसमा विभिन्न कार्यक्रम ग¥यो । पार्टी कार्यालय बल्खुमा शुक्रबार भएको स्मृतिसभामा नेता तथा कार्यकर्ताहरूले मदन–आश्रितको प्रतिमामा माल्र्यापण गरेका थिए । श्रद्धाञ्जली समारोहमा एमाले अध्यक्ष झलनाथ खनालले मुलुकको संक्रमणकाल अन्त्य गर्न मदन भण्डारीले देखाएको मार्गलाई सबैले आत्मसात गर्नुपर्ने सुझाव दिनुभयो । अध्यक्ष खनालले अघिल्लो संविधानसभाको चुनावमा एकीकृत नेकपा माओवादी ठूलो पार्टी भएकै कारण संविधान बन्न नसकेको भन्दै एमालेलाई जिताउनु आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले अबको चुनावमा एमाले ठूलो दल भए मात्रै समयमै संविधान बन्ने पनि दाबी गर्नुभयो । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङगामा जीप दुर्घटनामा परी निधन भएको थियो ।
नेकपा एमालेका तात्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा हरेक वर्ष मदन–आश्रित स्मृति दिवस मनाइन्छ । बि. सं. २०५० साल जेठ ३ गते दासढुड्डामा भएको जीप दुर्घनामा नेताद्धयको निधन भएको थियो । पोखरामा भएको नेकपा एमालेको जिल्ला अधिबेशन सकेर चितवनमा आयोजना गरिएको अखिल नेपाल महिला संघको भेलामा सहभागि हुन आउदै गर्दा मदन भण्डारी र जिवराज आश्रीत सवार बा अ च ८७९३ नम्बरको पजेरो जिप साझ करिब साढे ५ बजे दासढुंड्डामा दुर्घटनामा परेको थियो ।जिपका चालक अमर लामा जिबित रहे भने नेताद्धयको  निधन भएको थियो । नेपाली राजनीतिमा विलक्षण प्रतिभाका धनि नेताका रुपमा चिनिएका भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ एमालेको मार्ग निर्देशक सिद्धान्त हो ।मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमाले र उसका भ्रातृ संगठनले आज देशभर विभिन्न कार्यक्रम गर्दैछन । नेकपा एमाले चितवनले दिवसको अवसरमा आज दासढुड्डामा श्रद्धाञ्जली कार्यक्रम गर्दै छ ।श्रद्धाञ्जली अघि पार्टिका बिभिन्न कमिटिका कार्यालयबाट दासढुड्डा सम्म मोटरसाईकल र्याली समेत गरिदै छ ।सबै पार्टि कमिटिका कार्यालयबाट जिल्ला पार्टि कार्यालयमा जम्मा भएर जिल्ला पार्टि कार्यालय भरतपुरबाट दासढुड्डा सम्म र्यालीको आयोजना गरिएको नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिनु भएको छ । बिहान ८ बजे पछि हुने श्रद्धाञ्जली सभामा नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्रि माधव कुमार नेपाल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । स्मृति दिवसको अवसरमा नेकपा एमाले चितवनले दासढुड्डामा सरसफाई , युवा संघ नेपालले रक्तदान , दिप प्रज्वलन लगाउतका कार्यक्रम गरेको थियो । आश्रतिको शालिकमा पनि पुष्पगुच्छा चढाएर सम्मान गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...