हक हत्याको विरोधमा गरिएको बन्द जारी

९ जेठ  । पूर्व सभासद् सदरुल मियाँ हकको हत्याको विरोधमा स्थानियले गरेको पूर्व पश्चिम राजमार्ग बन्द जारी रहेको छ ।
गृहमन्त्री आएर दोषिमाथि कारबाहि गर्ने प्रतिबद्धता नजनाए सम्म अबरुद्ध राजमार्ग नखनेल्ने स्थानियले अडान लिएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने लहान देखि कल्याण पुर सम्म गरेको बन्दका कारण यात्रुहरु अलपत्र परेका छन् भने विहानैबाट कुनै पनि सवारी साधन चल्न सकेका छैनन् ।  बन्द भएको दुई दिन भई सक्दा पनि सरकारले बन्द खुलाउँन पहल गरेको छैन् । यसैबिच सरकारले गठन गरेको हत्या छानबिन आयोगले आफ्नोकाम तीब्र रुपमा अगाडि बडाएपनि अहिले सम्म हतियाराको पहिचान गर्न सकेको छैन् । हत्याराको पहिचान हुन नसके पछि स्थानिय थप आक्रोसित भएका छन् । स्थानियको आक्रोस शान्त पार्न सरकारले न्यायिक छानबिन आयोग गठन गर्ने भएको छ । हत्यारालाई चाडै समात्ने छानबिन आयोगका संयोजक प्रहरी नायव महानिरीक्षक दिनकरशमशेर राणाले दावी गर्नु भएको छ । यस्तै हिजो हकको धरानबाट सप्तरी सम्म शवयात्रा निकालिएको थियो । शव धरानबाट सप्तरी ल्याए पनि गृहमन्त्रिले सप्तरी मै आएर दोषि माथि कडा कारबाहि गर्ने प्रतिबद्धता नजनाए सम्म हकको अन्तेष्टि नगर्ने परिवारले अडान लिएका छन् । मियाँको सप्तरीको विशनपुरमा रहेको पेट्रोल पम्पमा सुतेका बेला सोमबार राती अज्ञात समूहले घाँटी रेटेर हत्या गरिएका थिए । 

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...