हत्यारालाई कारवाहीको माग राख्दै आन्दोलनको घोषणा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

हत्यारालाई कारवाहीको माग राख्दै आन्दोलनको घोषणा

Share This
१४ जेठ । ललितपुरका यूवराज पौडेलको घरमा काम गर्दै आएकी सिर्जना चौधरीको हत्यारालाई कारवाहीको माग गर्दै चरणवद्ध आन्दोलन गरिने भएको छ ।
थारु कल्याणकारिणी सभाको नेतृत्वमा मंगलबारबाट लगातार चार दिन काठमाण्डौमा धर्ना दिने, १७ गते देखि २० गतेसम्म पश्चिम तराईका पाँच जिल्लास्थित प्रशासन कार्यालयमा धर्ना  र  माग बारे सुनुवाई नभए २१ गतेदेखि तराईका २२ जिल्लामा अनिश्चितकालिन बन्द र आमहड्तालका गर्ने कम्लहरी विकास मंचकी अध्यक्ष दिलकुमारी चौधरीले बताउनुभयो । त्यस्तै नावालिकाको आत्महत्या नभई हत्या गरिएको दाबी गर्दै हत्यामा एक ब्यक्तिको मात्र संलग्नता नभई धेरै जनाको मिलेमतो रहेकाले यसको छानविन हुनुपर्ने कम्लहरी प्रथा उन्मुलन संयुक्त संघर्ष समिति बाँकेका संयोजक पट्टु थारुले बताउनुभयो । साथै उहाँले यो आन्दोलन निर्णाक हुने पनि बताउनुभयो । चरणबद्ध आन्दोलनलाई जिल्लास्थित विभिन्न राजनीतिक दलमा आवद्ध थारु नेता, दलका भ्रातृ संगठन, संघसंस्था, विद्यार्थी र नागरिक समाजले सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस बाँकेका उपसभापति लाहुराम चौधरीले घटनाको सत्य तथ्य पत्ता लगाउन आफूहले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । त्यस्तै एमाले बाँकेका सदस्य चन्द्र वहादुर चौधरीले राष्ट्रपति, प्रधानमन्त्री लगायत मानवअधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थालाई गुहार्दा समेत पीडकलाई कारवाही नगरिनु दुःखद भएको बताउनुभयो । मुक्त कम्लहरी विकास मंच बाँकेका अध्यक्ष दिल कुमारी चौधरीले गुहार माग्दासमेत राजनीतिक दलले सहयोग नगरेको भन्दै दुःख ब्यक्त गर्नुभयो । थरुहट तराई पार्टी नेपालका केन्द्रिय सदस्य गणेश थारुले आन्दोलनमा आफूृहरुको पनि पूर्ण सहयोग रहेने प्रतिवद्धता व्यक्त गुर्नभयो । कार्यक्रममा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) बाँकेका उपाध्यक्ष फूलाराम थारु, एकीकृत माओवादी, विद्यार्थीलगायतको सहभागिता थियो । 

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here