सर्वोच्च अदालतका कर्मचारी पनि आन्दोलनमा

१७ जेठ । सबै तहका अदालतमा न्यायाधीश नियुक्तिलगायतको माग राख्दै सर्वोच्च अदालतका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

 अदालतमा क्रियाशिल पाँच कर्मचारी संगठनहरुको आह्वानमा कर्मचारीहरु ५७ बुंदे मागसहित आन्दोलनमा उत्रिएका हुन् । कायममुकायम प्रधानन्याधीश, अदालत प्रशासनसंग पटकपटक आफ्ना मागबारे जानकारी गराएपनि वेवास्ता गरेको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनीहरुको भनाइ छ । उनीहरूलेआफ्ना मागप्रति अदालत प्रशासनले गम्भीर नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । कर्मचारीहरुले न्यायपालिकालाई भ्रष्ट्राचार मुक्त क्षेत्र घोषणा गर्नुपर्ने, अदालतका न्यायाधीशहरु र कर्मचारीहरु कार्यालय समयमा एनजीओ आइएनजीओमा भाग लिन नहुने लगायतका ५७ बुंदे माग राखेका छन् । कर्मचारीहरुले पहिलो चरण अन्र्तगत विहीबार बिहान १० देखि ११ बजेसम्म अदालतका सबैकाम बन्द गरेका हुन् । आन्दोलनमा नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र राष्ट्रसेवक कर्मचारी संगठन छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...