चुनावका लागि एक महिने पार्टी परिचालन अभियान शुरु

३ जेठ । नेकपा एमालेले संविधानसभा चुनावको लागि एक महिने पार्टी परिचालन अभियान शुरु गरेको छ ।

तत्कालीन माहासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसको अवसर पारी अध्यक्ष झलनाथ खनालले अभियान सुरुवात गर्नुभएको हो । कार्यक्रममा अध्यक्ष खनालले चुनावमा पार्टी सबैभन्दा ठूलो नहुंदासम्म अभियान नरोक्न सम्पूर्ण पार्टी पंतिmलाई निर्देशन दिनुभयो । अध्यक्ष खनालले माओवादी मृगमरिची भैसकेको टिप्पणी गर्दै एमालेको नेतृत्व बिना संविधान बन्न नसक्ने बताउनुभयो । संकट समाधानका लागि चुनावको विकल्प नभएको भन्दै चुनावलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न पनि अध्यक्ष खनालले निर्देशन दिनुभयो । संविधानसभा विघटनपछि राष्ट्रियता सबैभन्दा कमजोर भएको भन्दै अध्यक्ष खनालले चुनावमा राष्ट्रियतालाई एजेण्डाको रुपमा उठाउने पनि बताउनुभयो । एमालेको अभियान अन्र्तगत केन्द्रीय प्रतिनिधिको उपस्थितीमा २ सय ४० ओटै निर्वाचन क्षेत्रमा वैचारिक राजनीति, चुनावको वातावरण, चुनावी तालमेलको अवस्था, शक्ति सन्तुलनलगायत ११ विषयमा स्थानीय स्तरमा अध्ययन गर्ने छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...