सरकार र राजनीतिकदल विरुद्ध नागरिक समाजको खवरदारी

दीपा आले ।
१४ जेठ । सरकार र राजनीतिक दलहरुबीच भएको खिचातानीका कारण गणतन्त्र संस्थागत हुन नसकेको भन्दै नेपालगञ्जको बाँकेमा नागरिक समाजले खवरदारी स्वरुप ¥याली निकालेको छ ।
गणतन्त्र संस्थागत हुन नसकेको, दण्डहीनता मौलाएको, तथा राजनीतिक निकास निस्किन नसकेको भन्दै नागरिक अभियानले सरकार र शीर्ष दलहरु विरुद्ध खवरदारी स्वरुप ¥यालीको आयोजना गरेको हो । ¥याली जिल्लाको विपी चोक हुंदै विरेन्द्र चोक बाट सहिद सेतु विक चोकमा गएर कोण सभामा परिणत भएको थियो । ¥यालीमा सहभागी नागरिक समाजका प्रतिनिधीहरुले हात–हातमा प्ले कार्ड बोकेर ‘निष्पक्ष निर्वाचन सुनिश्चत गर, दलीय सहमति कायम गर, दण्डहिनताको अन्त्य गर, कानुनी शासन कायम गरलगायतका नारा लेखेर सडकमा उत्रिएका थिए । राजनीतिकदलले व्यक्तिगत तथा पार्टीगत स्वार्थमा लागेर देशलाई अनिर्णयको बन्दै बनाएको भन्दै उनीहरुले आक्रोश समेत पोखेका थिए । लामो समय हुँदासमेत जनताले चाहेको गणतन्त्र संस्थागत हुन नसक्दा मुलुक अस्तव्यस्त बनेको भन्दै ¥यालीमा सहभागी केही व्यक्तिहरुले सरकार र दल विरुद्ध ब्यांग्यात्मक कविता, गजलसमेत वाचन गरेका थिए । राजनीतिक निकासको एक मात्र विकल्प संविधानसभाको चुनाव भएकाले समयमै संविधानसभाको निर्वाचन गराउनुपर्ने नागरिक समाजका अगुवाहरुको माग थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...