पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टीको जीत सुनिश्चित

३० बैशाख । पाकिस्तानमा शनिवार भएको आम निर्वाचनमा पूर्व प्रधानमन्त्री नवाज सरिफको जित निश्चित भएको छ ।
निर्वाचनको मत गणना जारी रहेपनि २ सय ७२ सिटको संसदमा आफ्नो पार्टीले  सय भन्दा बढी स्थानमा जित हासिल गरेपछि पाकिस्तान मुस्लिम लिग–एनका नेता सरिफको विजय निश्चित भएको हो । विजय निश्चित भएपछि पाकिस्तानको लाहोर शहरस्थित पार्टी कार्यालयमा समर्थकहरुलाई सम्बोधन गर्दै सरिफले धन्यवाद समेत व्यक्त गरेका छन् । यस अघिनै दुई पटक सम्म प्रधानमन्त्रीको पद सम्हालेका सरिफले आफ्नो पार्टी पाकिस्तान मुस्लीम लिग–एन संसदमा सबै भन्दा ठूलो दल हुने समेत बताएका छन् । हाल सम्मको नतिजा अनुसार, पाकिस्तान मुस्लीम लिग संसदमा १ सय २८ सिटमा विजयी भएको छ । सत्तासिन पाकिस्तान पिपुल्स पार्टीले ३३ सिट जितेको छ भने पुर्व क्रिकेटर इमरान खानको तेरिक–इ–इन्साफले ३० सिट जितेको छ ।  पाकिस्तानी राष्ट्रपतिको पार्टी पाकिस्तान पिपुल्स पार्टी–पिपिपीले ४० सिट प्राप्त गरेको छ भने पुर्व क्रिकेटर इमरान खानको पार्टीले समेत केही सिटहरुमा जित हासिल गरेको जनाइएको छ । शनिवारको निर्वाचनमा ६० प्रतिशत मतदाताहरु सहभागी भएको पाकिस्तानी निर्वाचन आयोगले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...