लोकमानको नियुक्ति वाध्यताः सभापति कोइराला

३० बैशाख । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्ति बाध्यता भएको बताउनु भएको छ ।
ललितपुरमा आइतबार भएको कार्यक्रममा सभापति कोइरालाले कार्कीको नियुक्ति विदेशी हस्तक्षेपबाट नभई मुलुकको राजनीति दलको बाध्यताका कारण भएको बताउनु भएको हो । उहाँले अन्तरिम चुनावी मन्त्रीपरिषद् गठन र अख्तियारमा कार्की नियुक्ति नेपाली राजनीतिका लागि ठूलो पाठ भएको जिकिर गर्नुभयो ।सभापति कोइरालालले चुनाव प्रजातन्त्रको मुटु भएको भन्दै चुनावकै लागि सबै सम्झौता गरेको दाबी गर्नुभयो । उहाँले कांग्रेस कमजोर भएका कारण  प्रजातन्त्र कमजोर भएको भन्दै चुनावले मात्र मुलुकलाई निकास दिने बताउनुभयो । कार्यक्रममा कांग्रेस नेता एंव पूर्वमन्त्री ओमप्रसाद श्रेष्ठको ‘नेपाली लोकतान्त्रिक आन्दोलन एवं राजनीतिमा कांग्रेस संघर्ष र भूमिका’ पुस्तक विमोचन गरिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...