नाइजेरियाली सेनाबाट विद्रोही विरुद्धको कारबाही शुरु

३ जेठ । नाइजेरिया सेनाले इस्लामिक विद्रोही समूहविरुद्ध कारबाही सुरु गरेको छ ।
उत्तरपूर्वी क्षेत्रमा कब्जा जमाएका विद्रोही समूह बोको हरामविरुद्ध कारबाही सुरु भएको हो । सेनाले नाइजेरियाको बोर्नो राज्यका केही विद्रोही अखडामा कारबाहीसमेत गरेको जनाइएको छ । विद्रोही समूह बोको हरामले पछिल्लो समयमा सुरक्षाकर्मी र सेनामाथिको आक्रमण बढाएपछि राष्ट्रपति गुडलक जोनान्थनले संकटकाल घोषणा गरी सेना परिचालन गरेका थिए । सेनाले बोर्नो, योवे, अद्मावालगायतका राज्यमा कप्mर्यु लगाई कारबाही सुरु गरेको छ । नाइजेरियामा बोको हरामको हिंसा सन् २००९ मा सुरु भएयता २ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...