सोतोकान कराते प्रतियोगिता सुरु

७ जेठ । काठमाडौमा सातौं अन्तर्राष्ट्रिय सोतोकान कराते प्रतियोगिता सुरु भएको छ ।
 मंगलवार सुरु भएको प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र पाकिस्तानका खेलाडीहरुको सहभागिता रहेको छ । ३ सय नेपाली तथा ४ सय बिदेशी खेलाडीले ४८ स्वर्ण ४८ रजत र ९६ कास्य पदका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा १३ तौल समुह र ८ उमेर समुहका खेलहरु सन्चालन हुनेछ । पहिलो दिन ३ सय नेपाली खेलाडीहरुबीच खेलाडी छनोटको प्रतियोगिता सन्चालन भयो । चार दिनसम्म चल्ने प्रतियोगितामा ७ लाख रुपैयाँ खर्च हुने संघका महासचिव एवं मुख्य प्रशिक्षक श्याम शेर्पाले जानकारी दिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...