सिरिया द्वन्द्वमा लेबनानको उपस्थिती कायमै रहने

१२ जेठ । लेबानन्का हेज्बुल्लाह लडाकु नेता नशन नस्रल्लाहले सिरियामा जारी द्वन्द्वमा आफनो उपस्थिती कायम रहने बताएका छन् ।
उनले आफुहरुको समर्थन राष्ट्रपति बसर अल असादलाइ रहने बताएका छन् । एक टेलिभिजन सम्बोधन मार्फत उनले असादलाई जित आफनो पक्षमा हुने दाबी गरेका छन् । सिरियाको कुसेर शहरमा बिद्रोहीहरुले आफुहरुमाथी हेज्बुल्लाह लडाकुहरुले आक्रमण गरेको आरोप लगाएका छन् । यो शहर लेबनन र सिरियाको सिमामा पर्ने भएकाले हेज्बुल्लाह लडाकुहरुलाइ सिमा प्रवेश गर्न सजिलो हुने बिद्रोहीहरुले बताएका छन् । हेज्बुल्लाहका लडाकु नेता नस्रल्लाहले सिरियामा सुन्नी मुसलमानहरुले आफनो कब्जा जमाएको स्थितिमा उनीहरुले लेबाननका सम्पुर्ण जनतामा त्रास हुने भएकाले आफुहरु असदको पक्षमा रहेको उनले बताए । उनले आफुहरु कुनैपनि हालतमा सिरियाली बिद्रोहीको साथ नदिने बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...