सरकारबाट चुनावको तयारी तीब्र

४ जेठ । चुनावी मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन सम्बन्धि अध्यादेशलाई अन्तिम रुप दिन राजनीतिक दलहरुसगको छलफल जारी रहेको बताउनु भएको छ ।
काठमाडौको कोटेश्वरमा कृयापुत्री भवनको उद्घाटन कार्यक्रममा परिष्दका अध्यक्ष रेग्मीले संबिधानसभा चुनावका लागि आवश्यक तयारी पुरा गर्न दलहरुसंग छलफल भईरहेको बताउनु भएको हो । अध्यक्ष रेग्मीले आफुहरु चुनाबको मिति तोक्न आतुर रहेकाले चुनावका लागि आवश्यक तयारी गरिरहेको बताउनुभयो । अध्यक्ष रेग्मीले चुनावमा सहयोग गर्नकालागि जनसुमदायसंग आग्रह गर्नुभयो । कार्यक्रममा पर्यटन तथा संस्कृतिमन्त्री रँमकुमार श्रेष्ठले हिन्दु संस्कार अनुसार चल्दै आएको १३ दिने काजक्रियाको समय घटाउनुपर्ने बताउनुभयो । कोटेश्वरस्थित महादेवस्थानमा कुल ४६ लाख ९४ हजार ८ सय ५५ रुपैंयाँको लागतमा  निर्माण भएको कृयापुत्री  भवनलाई आजदेखि गगनेश्वर महादेव गुठी संचालन तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...