अनसनमा बसेका सद्भावनानका नेताको स्वास्थ्य अवस्था नाजुक

५ जेठ । माग पूरा नभएसम्म आमरण अनसन जारी राख्ने घोषणा गरेका सप्तरीका सद्भावना पार्टी नेता तथा कार्यकर्ताहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।
सप्तरीको गजेन्द्रनारायण सिंह चोकमा आमरण अनसनमा बसेका उनीहरुको स्वास्थ्य अवस्था गंभिर बन्दै गएपछि अनसन स्थलमै पुगी स्वास्थ्यकर्मीहरुको टोलीले स्लाईन पानी चढाएका छन् । निर्वाचनको मिति अविलम्ब घोषणा, नागरिकता निर्देशिका २०७० संशोधन, निर्वाचन क्षेत्र पुनः निर्धारण आयोगको गठनका साथै स्थानीय स्तरका विभिन्न २० बुँदे मांग अघि सार्दै विगत ६ दिनदेखि सद्भावना पार्टीका केन्द्रिय सदस्य अनिस अंसारी, जिसमूल खाँ, विद्यार्थी मंचका सह अध्यक्ष किशोर कुमार यादव ‘केसी’, युवा नेता दिनेश यादव, शैलेस साह लगायत ५ जना आमरण अनसनमा बसेका हुन् । उनीहरूको उपचारमा संलग्न चिकित्सक डाक्टर डिकनाथ यादवले अनसनकारीहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले अस्पताल भर्ना गर्नुपर्ने सुझाव दिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...