गुण्डा नाईके काभ्रेका गणेश लामा पक्राउ

११ जेठ । काभ्रेका गुण्डा नाईके गणेश लामालाई प्रहरीले शनिबार बसन्तपुरबाट पक्राउ गरेको छ ।

 अवैध सम्पति आर्जन गरेको अभियोगमा विशेष अदालतमा लामा विरुद्ध मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले लामासहित पाँच जना चर्चित गुण्डा नाईके विरुद्ध अवैध रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अघिल्लो साता विशेष अदालतमा मुद्धद्द दायर गरेको थियो । यसरी मुद्दा दायर गरिएका अन्य गुण्डा नाईकेहरु दीपक मनाङे, चक्रे मिलन, पर्शुराम बस्नेत र अभिशेक गिरी अझै पक्राउ परेका छैनन् । विभागले दायर गरेको मुद्दामा गणेश लामामाथि २७ करोड भन्दा बढी अबैध सम्पति जोडेको अभियोग लगाईएको छ । अभियुक्त गणेश लामा, विजय गच्छदारको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन् । विभिन्न राजनीतिक पार्टीका ठूल्ठूला नेताहरुको नजिक रहेर गुण्डागर्दी गर्ने, ठूलाखाले ठेक्कापट्टा जबर्जस्ती हत्याउने जस्ता गतिविधि गरेको आरोप गुण्डा नाईकेहरुमाथि लाग्दै आएको छ । राजनीतिक दलहरुकै संरक्षणका कारण यस्ता गुण्डाहरुविरुद्ध मुद्दा अघि बढाउन प्रहरी प्रशासन लगायतका निकाय असफल हुँदै आएका थिए । विभिन्न खाले आपराधिक घटनामा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेपनि राजनीतिक पहुँचका कारण उनीहरु छाटो समयमै छुट्दै आएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...