बौद्ध धर्मावलम्वीहरुबाट अनिश्चितकालीन सुर्खेत बन्द आह्वान

१७ जेठ । सुर्खेतका बौद्ध धर्मावलम्बीहरूले अनिश्चितकालिन जिल्ला बन्द गरेका छन ।

काक्रेविहार संरक्षित क्षेत्रमा राखेको बुद्धमूर्ति प्रहरीले फेरि हटाए पछि आज देखि अनिश्चित कालिन सुर्खेत बन्द गरेका हुन । काक्रेबिहार क्षेत्रमा पुरातत्व बिभागले उत्खनन गर्दा बुद्धकालिन मुर्ति लगायतका बिभिन्न बस्तुहरु फेला परे पछि स्थानिय बौद्ध धर्मावलम्बीहरुले बुद्ध मुर्ति स्थापना गरि पुजा गर्न पाउनु पर्ने माग गर्दै आएका थिए । तर, बन ऐनअनुसार संरक्षित बन क्षेत्र भित्र अनुमति बिना कुनैपनि पूर्वाधार निर्माणका कामहरू गर्न बन्देज गरिएको भन्दै प्रशासनले बुद्ध मूर्ति हटाइदिएको थियो । बन्दका कारण उद्योग, कलकारखाना, बजार तथा यातायात ठप्प छन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...