अवको चुनावमा संघीयता पक्षधर र विपक्षीबीच प्रतिष्पर्धा हुन्छः केसी

१० जेठ ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अबको संविधानसभामा संघीयताका पक्षधर र विपक्षीबीच प्रतिस्पर्धा हुने बताउनुभएको छ ।
 भक्तपुरमा भएको साक्षत्कारमा अध्यक्ष केसीले विघठित संविधानसभामा संघीयताको पिक्षमा रहेका शक्ति कमजोर भए पनि अबको चुनावमा त्यो शक्तिको वर्चश्व रहने बताउनुभयो । चारदल भारतको दलाल भएको आरोप लगाउँदै उहाँले संघीयतापक्षधरलाई ल्याएर  आधा नेपाल भारतमा बिलय गर्न खोजेको आरोप लगाउनुभयो । अध्यक्ष केसीले केन्द्रीय एकातात्मक सामन्ती व्यवस्था भएकाले विकास हुन नसेको भन्दैे प्रजातन्त्रमा आधारीत स्वशासित विकेन्द्रीकरण व्यवस्था भए देशमा संघीयता आवश्यक नपर्ने तर्क गर्नुभयो । उहाले एमाओवादीले नेपाली काँग्रेस र एमालेलाई भ्रष्टाचारमा उछिनेको टिप्पणी गर्दै ठूला चार दलकै कारण देश बर्बादीतर्फ उन्मुख भएको बताउनुभयो । छिटो निर्वाचन गरेर  देशलाई संभावित दुर्घटनबाट रोक्नुपर्ने औंल्याउँदै केसीले चार दल अझै चुनाव नगराउने चलखेलमा लागेका बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...