प्रहरीबाट उपत्यकामा सुरक्षा सर्तकता अपनाइयो

१० जेठ । काठमाडौँ लगायत भक्तपर र ललितपुरमा चोरी डकैतीका घटना धेरै हुन थालेपछि प्रहरीले सुरक्षा सर्तकता बढाएको छ ।
बढी चोरी हुने क्षेत्रको पहिचान गरी त्यहाँ सूचना संकलनका लागि सादा पोशाकका प्रहरी खटाइने गरेको प्रहरी प्रवक्ता केशव अधिकारीले बताउनुभयो । उहाँले लुटपाटका घटना बढी हुने र बढी भिडभाड हुने ठाउँमा निगरानी बढाइएको जानकारी दिनुभयो । पछिल्लो समयमा काठमाडौ उपत्यकामा चोरीका घटना बढेको प्रहरीको भनाई छ । यस्ता घटनामा बेरोजगार युवाहरु बढी संलग्न हुने गरेको अनुसन्धानबाट पाइएको छ । यस्तै लागु पदार्थ दुव्र्यसनीमा परेका, साथीहरुको लहलहैमा र गरिबीका कारण लुटपाटका घटनामा संलग्न हुने गरेका पाइएको छ । चोरी डकैती प्रहरी एक्लैको प्रयासमा नियन्त्रण गर्न नसकिने भन्दै प्रवक्ता अधिकारीले नागरिकलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले लामो समयसम्म घरभन्दा बाहिर जाँदा प्रहरीलाई खबर गरेर जान आग्रह गर्नुभयो । प्रहरीमा खबर गरेर जादा घरको निगरानीमा प्रहरी खटिने भएकाले चोरीका घटना कम हुने प्रहरीको विश्वास छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...