भारतीय प्रहरीको सर्वाधिक खोजीमा रहेका बब्लु नेपालमा पक्राउ (फोटो फिचर)

जेठ । भारतका विभिन्न ठाउँमा आपराधिक घटना घटाएका तथा भारतीय प्रहरीको सर्वाधिक खोजीमा रहेका कुख्यात अपराधी बब्लु दुबे नेपालमा पक्राउ परेका छन् ।
बिशेष सुराकिको आधारमा अंचल प्रहरी कार्यालय नारायणीका एसएसपी सर्वेन्द्र खनाल नेतृत्वको टोलीले काठमाण्डौको सितापाइलाबाट बब्लुलाई पक्राउ गरेको हो । पक्राउ परेका बब्लुको साथबाट प्रहरीले नेपाली नम्बरसहितको ५ थान मोवाइल, नेपाली रुपैयाँ १ लाख ७३ हजार र भारतीय रुपैया ६० हजारसमेत बरामद गरेको छ ।
इन्टरपोलले दिएको विशेष सूचनाका र सुराकीले दिएको सूचना अनुसार बब्लु नेपालमा बस्दै आएको बिशेष सुराकि पाए पछि नारायणी अञ्चल प्रहरीले विशेष निगरानी गरी खोजी जारी राखेको थियो । सोही निगरानी तथा खोजतलासका आधारमा बब्लुलाई पक्राउ गर्न सफल भएको एसएसपी खनालले जानकारी दिनुभयो ।
भारतको पुर्वी चम्पारण निवासी ३० बर्षिय बब्लु दुबेले भारतको विभिन्न ठाउमा घटना घटाई नेपालमा लुकेर बस्दै आएका थिए । दुबेमाथि पहिलो पटक २००१ भारतकै शिवशंकर दुबेलाई काटेर मार्ने प्रयास गरेको अभियोगमा जेल सजाय काटेको र २००२, २००५, २००७, २००९ मा पटक पटक बैंक लुटपाट तथा हत्याको केसमा पक्राउ १० बर्ष जेल सजाय काटिसका थिए । भारतका प्रहरी प्रशासन र केही दवंग माफियाहरुबाट आफु सताइएकका कारण आफूले आपराधिक घटनाको बाटो रोजेको बब्लुको भनाइ छ ।
बब्लुले हालसालै भारतको रामगढवा थाना क्षेत्रमा ३ हप्ता भित्रमा २ वटा घटना घटाएका रकर्ड भारतीय प्रहरीसँग छ । उक्त घटनामा बब्लुले एक निर्माण कम्पनीको गेटमा गोली चलाएका थिए र इटाभटाका कामदारको गोली हानी हत्या गरेका थिए ।
पक्राउ परेका अपराधिक बब्लु दुबेले भारतको जेलमा रहँदा अपराधिक व्यक्तिहरुस“ग मिलि विहार पिपुल्स लेभरेसन आर्मी नामको एक आपराधिक समुह खडासमेत गरेका थिए । उक्त समुहले हाल सम्म भारतका विभिन्न ठाउँमा ३० जनाको हत्या गरीसकेको छ । त्यस्तै भारतीय व्यापारी तथा सर्वसाधारणको करोडौ रुपैयाँसमेत लुटपाट गरेको छ । बब्लु पक्राउ परे लगतै भारतको विभिन्न सुरक्षा निकायका पदाधिकारीहरु अञ्चल प्रहरी कार्यालय नारायणी पुगेका छन् ।
अपराधी पक्राउ गर्ने एसएसपी सर्वेन्द्र खनाल नेतृत्वको टोली, अपराधी बब्लु दुबे र  बरामद गरिएका सामाग्रीहरुः







0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...