प्रहरी कै मिलेमतोमा गाई तस्करी हुँदै आएको खुलासा

१२ जेठ । बाराको बरेवा बजारमा प्रहरीकै मिलेमतोमा गाई तस्करी हुँदै आएको खुलासा भएको छ ।
 प्रहरीकै मिलेमतोमा गाई तस्करी भएको थाहा पाएपछि अञ्चल प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरी टोलीले तस्कर र केही जनपथ प्रहरीलाई पक्राउ गरेको छ । शुक्रबार राति गाई भारततर्फ लैजान लागेको अवस्थामा नेपाल–भारत सिमामा पर्ने बाराको निलकण्ठवानजिकैबाट उनीहरू पक्राउ परेका हुन् । प्रहरीले भारततर्फ निकासी हुन लागेको ५९ वटा गाई आफ्नो नियन्त्रणमा लिएको छ । एसएसपीले गाईहरू वीरगन्ज भन्सारमा बुझाउने जानकारी दिनुभयो । नेपाल–भारतको सिमामा पर्ने प्रहरी चौकी मटिअर्वा, वि.ओ.पी. मटिअर्वा, वि.ओ.पी. बरैनिया, इलाका प्रहरी कार्यालय सिम्रौणगढ, वि.ओ.पी. गोलागञ्जलगायत स्थानबाट गाई तस्करी हुँदै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...