फ्रान्सका समलिंगीहरुले विहे गर्न पाउने भए

४ जेठ । फ्रान्स सरकारले समलिंगी विवाहलाई कानुनि मान्यता दिएको छ ।
फ्रान्सेली राष्ट्रपति फँस्वा होलण्डले विवादास्पद समलिंगी विवाहको विद्येयकमा हस्ताक्षर गरी कानुनि मान्यता दिएका हुन् । यससँगै समलिंगी विवाहलाई कानुनी मान्यता दिने फ्रान्स आठा्र्रैं युरोपेली मुलुक भएको छ । समलिंगी विवाहको विरोध गर्दै दक्षिणपंथी विपक्षी दलले मुद्धा उठाएपनि संवैधानिक परिषद्ले कानुनी मान्यता दिएपछि राष्ट्रपति होलण्डले कानुन हस्ताक्षर गरी लागु भएको हो । बारम्बारको विवाद र लामो छलफल पछि फ्रान्सको सिनेट र राष्ट्रिय सभाले समलिंगी विवाह कानुनको मस्यौदा बनाएको हो । कानुनी मान्यतासँगै आगामी हप्ता भित्रमा फ्रान्समा पहिलो समलिंगी विवाह हुने अधिकारीहरुले जनाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...