बैगुनी छैन आलु, आलुका खानुका फाइदा पनि धेरै छन्


सायद तपाई हामीमध्ये थोरैलाई मात्र थाहा होला की आलु पनि औषधिको रुपमा प्रयोगमा आउन सक्छ । सबैलाई थाहा भएकै कुरा हो की आलु जता पनि ठिक हुने एककिसिमको तरकारी हो । आलुको महिमा भैरब अर्यालले पनि आफ्नो निबन्ध आलुमा गरेकै छन् । अचेल कतिपयले आलुलाई मोटोपन बढाउने तत्वको रुपमा हेरेर आलुको प्रयोग कम गर्न वा नगर्न थालेका छन् । तर आलुको केहि यस्ता गुणहरु पनि छन् जसलाई थाहा पाउनु भयो भने तपाईले आलुको प्रयोग गर्न कहिल्यै छोड्नुहुने छैन । आउनुहोस् जानौं आलुका खास विशेषताहरु :

  1. आलुमा भिटामिन सी, भिटामिन बि कम्प्लेक्स तथा आइरनको साथमा क्याल्सियम, म्यग्निज, फस्फोरस लगायतका तत्वाहरु हुन्छन । प्रति १०० ग्राम आलुमा १.६ प्रतिशत प्रोटिन, २२.६ प्रतिशत कर्बोहाईड्रेत, ०.१ प्रतिशत बोशो, ०.४ प्रतिशत खनिज र ९७ प्रतिशत क्यालोरी उर्जा पाइन्छ ।
  2. आलुलाई भुटेर खानाले यसले अनाबश्यक बोशो घटाएर मोटोपनलाई पनि सन्तुलित गराउँछ ।
  3. आलुलाई उसिनेको पानीमा एउटा आलुलाई मिचेर कपाल धुनाले कपाल नरम र चम्किलो हुनुको साथै जरैदेखि बलियो हुन्छ । कपाल झर्ने समस्या र चाडै फुल्ने समस्यालाई पनि यसले कम गराउँछ ।
  4. उच्च रक्तचाप भएका व्यक्तिहरुको रक्तचापलाई सन्तुलनमा राख्न पनि आलुको नियमित सेवनले महत्वपुर्ण भूमिका निभाउँछ ।
  5. भुटेको आलुको केहि दिनसम्मको दैनिक प्रयोगले पुरानो कब्जियतलाई पनि निको पर्न सक्छ ।
  6. आलुको दैनिक प्रयोगले अम्लपित्तको सम्भावनालाई पनि घटाउँछ ।
  7. आलुलाई धुलो बनाएर छालामा दल्नाले छालाको रंग गोरो हुन्छ ।
  8. आलुको रसलाई कागतीको केहि थोपा रससंग मिलाएर दागहरुमा लगाउनाले दागहरु केहि हदसम्म हट्छन ।
  9. चारओटा आलुलाई पोलेर त्यसको बोक्रा फालेर नुन खोर्सानी हालेर खाएमा Arthritis ठिक हुन्छ ।
  10. आलुको रसलाई मुल्तानी माटोसंग मिलाएर चाउरी परेको भागमा लागेर २० मिनेटसम्म राख्नुहोस, अनि आफ्नो अनुहार धुनुहोस । यसो गर्नाले अनुहारको चाउरीपनाबाट छुटकारा मिल्छ ।
  11. आलुको टुक्रालाई गर्दन, कुहिनोजस्ता भागहरुमा दल्नाले यी भागहरुको छाला नरम र सफा हुन्छन ।
  12. आगोले पोलेको ठाउँमा आलुलाई काटेर दल्नाले केहि हदसम्म आराम मिल्दछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...