बिन लादेन मारिएको खबर झुटो

संसारकै सबैभन्दा खतरनाक आतंकबादी ओसामा बिन लादेनलाई अमेरिकी सैनिकले मारेको भन्ने खबर आएको दुइ वर्ष भैसक्यो। तर पनि लादेनको मृत्युलाई लिएर सुरु भएको विवाद अहिलेसम्म सेलाउन सकेको छैन।

अहिले आएर लादेनको मृत्युसम्बन्धि अर्को एउटा अचम्मको खबर सार्वजनिक भएको छ। लादेनका पुर्व सुरक्षाकर्मी नबिल नईम अब्दुल फतहले बताएका छन् कि, उनलाई अमेरिकी सैनिकले मारेका थिएनन तर उनले आत्महत्या गरेका थिए। नईमले अगाडी भनेका छन्, लादेन १० बर्षदेखि विस्फोटकले भरिएको बेल्ट लगाउने गर्थे। जसलाई उनले अन्तिम अवस्थामा पक्राउ पर्ने डरले प्रयोग गरे र आफुलाई आफैले आत्मघाती बिष्फोटन गरेर आत्महत्या गरे।


नईमका अनुसार अमेरिकी सेनाको दस्ताले उनलाई छुन पनि पाएका थिएनन, अपरेशन जेरोनिमोभन्दा पहिल्यै लादेनले आत्मघाती बिष्फोटन गराईसकेका थिए। तर नईमको कुरामा कतिको सत्यता छ त्यो भने बिश्वास गर्न गार्है पर्छ।

याद रहोस बिन लादेनलाई पाकिस्तानको एबटाबाद २०११ मे २ तारिखमा अमेरिकी सैनिकको कारबाहीमा मारिएको र त्यसपछि उनको लासलाई समुन्द्रमा डुबाइएको बताउने गरिन्छ। तर फतह दाबी गर्छन कि लादेनलाई समुद्रमा डुबाइएको कुरा पनि गलत हो। उनका अनुसार अमेरिका लादेनको मृत्युको बिषयमा झुट बोल्दैछ।

1 comments

This is complete bullshit.

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...