विवादीत विषयहरु समाधान गरी जेठ भित्रै स्ववियु चुनाव गरिने

१८ जेठ । विद्यार्थी नेताहरूले विवादित बिषय समाधान गरी जेठभित्रै स्ववियु चुनाव गर्ने बताएका छन् ।




काठमाडौंमा शुक्रबार भएको कार्यक्रममा विद्यार्थी नेताहरूले जेठ २३ गते चुनाव स्थगित हुनुको दोष प्रतिद्वन्द्वीलाई लगाएपनि जेठभित्रै चुनाव गर्ने बताएका हुन् । विद्यार्थीहरूले त्रिविको गैह्र जिम्मेवारीपनका कारण चुनाव स्थगित भएको भन्दै फर्जी भर्नाको बिषयमा निष्पक्ष छानविन गर्न माग गरे । कार्यक्रममा विश्वविद्यालयका भिसी गुणनिधि न्यौपानेले सबै बिद्यार्थी संगठनहरूबीच सहमति भए जेठमै चुनाव हुने उल्लेख गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...