हुम्लामा सीता एयरको विमान दुर्घटना, यात्रु सकुसल (फोटो फिचरसहित)

जेठ १८ । नेपालगंजवाट सिमीकोटका लागी उडेको सीता एयरको 9N-AHB विमान आज विहान विमानस्थलमा दुर्घटना भएको छ ।
चालक दलका सदस्यसहित ५ जना यात्रुसहत सामान बोकेको विमान विहान ७ वजेर १० मिनेटमा विमानस्थलमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो । विमान दुर्घटनामा मानविय क्षति नभए पनि विमान भने क्षतिग्रस्त भएको छ ।

विमानस्थलको इनडोरमा वाक्लो कुहिरो लागेका कारण विमान अवतरणमा कठिनाई भई दुर्घटना भएको जनाइएको छ । विमाको अगाडीको चुच्चो भाग विमानस्थलको जमिनमा गाडीएको छ ।

बिमानमा क्याप्टेन किरण भट्टराई, सह–चालक दिपक शाह, र यात्रु धनगढी ५ स्थायी घर भएका नापी कार्यालय हुम्लाका प्रमूख खगेन्द्र भण्डारी, हुलिया ९ बाँकेका जेनेरेटरका टेक्नीसियन अस्कर सेक, सिमकोट ३ का विद्यार्थी धिरेन रावत, खगालगाउँ २ का व्यापारी नाग्वेल तामांग र मेल्छाम ७ की धुर्मी शाही सवार थिए ।

विमान दुर्घटना भएपछि धावन मार्ग अवरुद्ध हुँदा अन्य उडानहरु रद्ध भएको नागरिक उडायान कार्यलले जनाएको छ । गत १३ गते पनि हुम्ला विमानस्थलमा गोमा एयरको जहाज दुर्घटना भएको थियो ।

विमान दुर्घटनाका फोटोहरु







0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...