२१ जेठ । सुनसरीको इटहरीलाई पुर्वकै नमुना शहरको रुपमा विकास गरिने भएको छ । पुर्वकै व्यापारीक केन्द्रबिन्दुको रुपमा स्थापित इटहरीलाई स्वच्छ, सफा र हरित नगरको रुपमा बिकास गरिने भएको हो ।
यस अघि प्लाष्टिक झोला मुक्त क्षेत्र कार्यन्वयन भैसकेको यो नगरलाई नगरपालिका, उद्योग वाणिज्य संघ इटहरी र किप इटहरी क्लिन संस्थाको संयुक्त पहलमा फोहोरमुक्त शहर घोषण गरिने भएको छ । फोहोर मुक्त शहर घोषणा हुनेमा इटहरी नगर पुर्वकै एकमात्र र पहिलो नगर हुनेछ ।
अभियान अन्तर्गत पहिलो चरणमा आगामी जेठ २२ गते बिश्व बातावरण दिबशको अवशर पारेर इटहरी चौकबाट चारैदिशाबाट १ सय मिटर आसपासको क्षेत्रलाइ फोहोरमुक्त घोषणा गरिने भएको छ ।
फोहोर मुक्त शहरसंगै नगरको मुख्य बजारमा हरियाली बनाउन गमलामा धुपीको विरुवा रोपिने उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसाइले जानकारी दिनुभयो । उहाँले यो अभियान पर्यटनप्रवर्धनका लागि समेत उपलब्धिमुलक हुने दावी गर्नुभयो । फोहारलाई व्यवस्थित गर्न मुख्य चोकका विभिन्न स्थानमा डष्टविनको व्यवस्था गरिने नगरपालिकाले जानकारी दिएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

सुनसरीको इटहरी पूर्वकै नमुना शहरको रुपमा विकास गरिने
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment