बैदेशिक रोजगारका लागि मलेसिया पुगेको १९ नेपाली १० दिन देखि अलपत्र

असार । देशमा रोजगारीको अवसर नभएपछि अहिले दैनिक सयौ नेपाली रोजगारीका लागि मलेसिया जान्छन् । तर, म्यापावरको लापरवाही र सरकारी बेवास्ताका कारण धेरै नेपाली कामदार अलपत्र पर्छन् । यसको उदाहरण, यसै साता काठमाडौको इनोभेटिक सर्भिस र समद ओभरसिजबाट मलेसिया गएका १९ जना नेपाली कामदार १० दिनदेखि मलेसिया अलपत्र छन् ।

म्यानपावरको लापरवाहीका कारण १९ जना नेपाली १० दिनदेखि मलेसियाको शाहातवाद भन्ने स्थानमा अलपत्र छन् । गत जेठ २१ गते रोजगारीका लागि मलेसिया गएका धादिङ, काठमाडौं लगायत जिल्लाका उनीहरुलाई कम्पनीले लिनै नआएपछि अलपत्र परेका हुन् । मलेसियामा अलपत्र युवाका आफन्तहरुले पत्रकार सम्मेलन गरी उनीहरुलाई फिर्ता आउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

मलेसियामा अलपत्र युवा काठमाडौंको इनोभेटिभ सर्भिस र समद ओभरसिजबाट वैदेशिक रोजगारीमा गएका हुन् । उनीहरुलाई मलेसियामा प्रेस मेटल कम्पनीमा फ्याक्टी वर्करको लागि भन्दै जनही १ लाख ४० हजारदेखि ७० हजारसम्म उठाएको पीडितका आफन्तले बताए । तर, मलेसिया पुगेपछि काम र तलव त परै जावस क्वालालाम्पुर ऐयरपोर्ट लिन समेत कोही आएनन ।
अलपत्र युवालाई त्यहाँको अध्यागमन विभागले पक्राउ गरी कुचिङ भन्ने स्थान राख्यो । ४ दिनसम्मको कष्टकर जिवनपछि मलेसिया रहेको नेपाली दुतावासको पहलमा उनीहरु अहिले सवैजना शाहारावाद भन्ने स्थानमा छन् । मलेसिया पठाउने इनोभेटिभ सर्भिस म्यानपावरका संचालक हरि गुरुङ र समद ओभरसिजका विवेक चालिसेले नेपाल फिर्ताको पहल गरिहालिन्छनी भन्दै टारिरहेका अलपत्र युवाका आफन्तले दाबी गरेका छन् ।
देशमा रोजगारीको अवसर नभएपछि दैनिक सयौ नेपाली कामदार मलेसिया रोजगारीमा जाने गरेका छन् । तर, नेपालमा रहेको म्यानपावर कम्पनीको लापरवाही र सरकारी वेवास्तले घर खेत वन्धक राखेर दैनिक विदेशिने कयौ नेपाली कामदार मलेसियामा अलपत्र पर्न क्रम अझै रोकिएको छैन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...