हुम्लामा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, एक जनाको मृत्यु (अपडेट)

५ असार । हुम्लाको मुचु गाविसको तुमकोटमा भएको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

हिल्साबाट सदरमुकाम सिमकोटका लागि उडेको फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा हुम्लाका टेकबहादुर पातलीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको जिल्ला अस्पताल सिमीकोटमा उपचार भइरहेको छ । हेलिकोप्टर पाँचबजे दुर्घटना भएको हो । हेलिकोप्टरमा चालकसहित ६ जना यात्रु रहेका थिए । घटनास्थल पुग्न सदरमुकामबाट दुई दिन लाग्छ । हेलिकोप्टर रसियाली नागरिक डेभिडले उडाएको बताइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...