देउवा र वैद्यबीच राजनीतिक विषयमा छलफल

४ असार । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा र नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यबीच भेटवार्ता भएको छ ।

भारत भ्रमणबाट फर्किदा आन्दोलनमा रहेका दलसँग आफै वार्ता थाल्ने बताउनुभएका देउवाले मंगलबार बैद्य निवास पुग्नुभएको हो । भेटका क्रममा देउवाले बैद्यलाई निर्वाचनमा हभागि हुन आग्रह गनुभयो । देउवाले जनताको मत लिएर संविधान बनाउने कार्यमा सबैको सहभागिता अनिवार्य भएको भन्दै त्यसका लागि वार्तामा आउन आग्रहगर्नुभयो ।

उहाँले उच्चस्तरीय राजनीतिक समितिको बैठकमा पनि वार्ता गर्ने र संभव मागहरु पुरा गर्ने निर्णय भएको भन्दै वार्ताका लागि सहयात्री दलहरुसँग छलफल गर्न आग्रह गर्नुभयो । जवाफमा बैद्यले उच्चस्तरीय समितिमा भएक निर्णय वार्ताका लागि सहज गर्ने खालका नभएको भन्दै वार्तामा जानुको औचित्यबारे सोध्नुभएको थियो ।

उच्चस्तरीय समितिले ११ बुँदे सहमति, २५ बुँदे बाधा अड्काउ लगायतका विषयमा पुनर्विचार नगर्ने र यही सरकारबाट चुनाव गराउने तथा प्रधान न्यायाधिसबाट खिलराजको राजिनामा गर्ने विषयमा पनि लचक नभएका कारण आफुले वार्ताका लागि पहल नगरेको बताउनुभएको थियो ।

देउवाले समितिका निर्णयबारे आएका समाचार सत्य नभएको भन्दै समितिले वार्तामा बस्ने र लचक हुने निर्णय गरेको बताउनुभएको थियो । अन्त्यमा बैद्यले सरकार र उच्चस्तरीय समिति लचिलो भए आफू वार्ताका लागि सबै तयार रहेको बताउनुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...