कन्फेडेरेसन कपमा उपाधिका लागि ब्राजिल र स्पेन भिड्दै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कन्फेडेरेसन कपमा उपाधिका लागि ब्राजिल र स्पेन भिड्दै

Share This
१६ असार । ब्राजिलमा जारी कन्फेडेरेशन कप फुटवल प्रतियोगिता अन्तर्गत आइतबार राति उपाधि भिडन्त हुँदैछ ।
उपाधिका लागि दक्षिण अमेरिकी फुटवलको महारथी राष्ट्र ब्राजिल र यूरोपेली राष्ट्र स्पेनबीच सशक्त प्रतिस्पर्धा हँदैछ । खेल नेपाली समय अनुसार आइतवार राति हुनेछ ।

स्पेन पेनाल्टी सुट आउटमा इटालीलाई ७–६ गोल अन्तरले पराजित गदै प्रतियोगिताको फाइनलमा पुगेको हो भने ब्राजिल उरुग्वेलाई २–१ गोल अन्तरले पराजित गदै फाइनल प्रवेश गरेको हो । सन् २००८ को यूरो कप सन् २०१० को बिश्वकप र २०१२ को यूरोकप बिजेता स्पेन उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा छ । यस्तै ११ खेलको अपराजित यात्रा कायम राखेको ब्राजिल पनि सशक्त रुपमा मैदानमा उत्रिनेछ । सन् २०१० मा विश्वकपको दौरान स्वीजरल्याण्डलाई १–० गोल अन्तरले पराजित गरेका स्पेन त्यसयताका २४ खेलमा अपराजित छ । २९ खेल खेलेकोमा ५ बराबरीमा टुंग्याएको उसले २४ मा जित हात पारेका छ ।

स्पेन र ब्राजिल ८ पटक आमनेसामने भएका छन । जसमा ४ खेलमा ब्राजिल बिजयी भएको छ । २ खेलमा स्पेनले जित निकाल्दा २ खेल बराबरीमा सकिएका छन । आइतवार रातिको खेल रोमाञ्चक हुँने अपेक्षा गरिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here